रोमा जाने भनिएका माल्कोम बार्सिलामेनामा अनुबन्ध

रोमा जाने भनिएका माल्कोम बार्सिलामेनामा अनुबन्ध

रोमा जाने भनिएका माल्कोम बार्सिलामेनामा अनुबन्ध

९ साउन, काठमाडौं । इटालियन क्लब रोमाले सहमति भएको घोषणा गरेको भोलिपल्टै ब्राजिलियन विंगर माल्कोम बार्सिलोना आएका छन् ।

२१ वर्षीय माल्कोमले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् । सोमबार मात्र रोमाले माल्कोमलाई ल्याउन बोर्डो क्लबसँग सहमति भएको र छिट्टै मेडिकल हुने बताएको थियो ।

 

रोमाका अनुसार कुनै सम्झौता त भएको थिएन तर, माक्कोम रोमा आउन सबै तयारी भइसकेको थियो ।

तर, बार्सिलोनाबाट आकर्षक प्रस्ताव आएको छ । रोमाले ३२ मिलियन पाउण्डमा अनुबन्ध गर्न चाहेको थियो तर, बार्सिलोनाले ३६.५ मिलियन पाउण्ड तिर्न तयार भएको छ । सम्भवत बुधबार मेडिकल हुनेछ ।

ब्राजिलको सिनियर टोलीबाट खेल्न बाँकी नै रहेका उनले लिग वानको ८४ खेलमा २० गोल र १३ गोल असिस्ट गरेका छन् ।

Source : Onlinekhabar

Please follow and like us:

aishworya

Related Posts

leave a comment

Create Account



Log In Your Account